विरामीका आफन्तलाई ज्यानमार्ने धम्की दिएपछि ग्रिनसिटी अस्पतालका मालिक टण्डन विरुद्ध उजुरी !

दियो पोस्ट  

काठमाडौं, ४ भदौ । राजधानीको बसुन्धारास्थित ग्रिन सिटि अस्पतालका मालिक लोक बहादुर टण्डन उर्फ एलबीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।
केही दिनअघि अस्पतालको चरम लापरबाहीका कारण पत्रकार तथा कलाकार देव लामालाई जीवन मरणको दोसाँधमा पुर्याएको भन्दै सञ्चार माध्यममा खबर आएको थियो । अस्पतालले लामाकी पत्नि मिरा जोशी लामाबाट लाखौँ रकम असुलेको भन्दै खबर आएपछि अध्यक्ष टण्डनको चर्को आलोचना भएको थियो ।


सञ्चार माध्यममा खबर दिएको भन्दै उनकी पत्नि मिरालाई टण्डनले घरमै पुगेर ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।


‘मेरो श्रीमानको गलत उपचार गरी जीवन मरणको दोषँधमा पुर्याई दिएको कारण ग्रिन सिटि अस्पताल र त्यस अस्पतालका सञ्चालक लोक बहादुर टन्डनको धम्की विरुद्ध आवाज उठाउँदै आइरहेको विधितै छ,’ सोही क्रममा मेरो कोठामा आइ मलाई पटक पटक बाहिर गएर बोलिस् भने ठीक पार्दिन्छु भन्दै निज टण्डनले सताएको र उपचारमा लापरबाही गरि सम्पूर्ण जायजेथा सकाइ सडकमा पुर्याइदिएको जगजाहेर नै छ ।’

जोशीको जाहेरीमा आफ्नो श्रीमान मृत्युको मुखमा रहँदा समेत टण्डनले विभिन्न मान्छे पठाएर आतंकित पारेको भन्दै कारबाहीको माग गर्दै परिवारको जिवन रक्षा समेत माग गरेकी छिन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ