चितवनमा गरिएको परिक्षणमा २६ जनालाई कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

चितवन, ५ भदौ । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । अस्पतालका अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा २२ जना चितवनका छन् भने नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एकरएकजना छन् ।

अस्पतालले शुक्रबार विहान दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाब भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा भरतपुरबाट संकलन गरिएको थियो । यस्तै राप्ती नगरपालिका वडा नं २ र ८ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्‍वारेन्टाइनका हुन् ।

त्यसैगरी नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एकरएक जनामा पनि संक्रमण पुष्टि भएको छ । नवलपुरका संक्रमितको स्वाब मध्यविन्दु अस्पतालबाट संकलन गरिएको हो भने अन्य तीनजनाको स्वाब बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको हो ।

योसँगै चितवनमा कुल संक्रमित व्यक्तिको संख्या ३०३ पुगेको छ ।

प्रयोगशालामा बिहीबार मध्यरातिसम्म परीक्षण गरिएका ३०६ वटा स्वाब नमूनाहरुमध्ये २६ वटाको रिपोर्ट पोजेटिभ आउँदा २८० वटा नमूनाको भने नेगेटिभ रिपोर्ट आएको भरतपुर अस्पतालले जनाएको छ ।

TATA ADD