कोरोना परिक्षणमा मात्रै सवा ३ अर्ब खर्च : एउटा कोरोना पोजिटिभ भेट्न १ लाख ४ हजार रुपैयाँ !

दियो पोस्ट  

काठमाडौं, ५ भदौ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को परिक्षण निकै खर्चिलो देखिएको छ । सरकारले कोरोना भाइरस संक्रमण परिक्षणका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एउटा कोरोना पोजिटिभ भेट्नका लागि सरकारले १ लाख ४ हजार ४ सय २० रुपैयाँ खर्च गर्दै आएको छ ।


हालसम्म साढे सबा ३ अर्ब खर्चिएर जम्मा पिसिआरको परिक्षण ५ लाख ७९ हजार ८ सय ९९ जनाको भएको छ । पिसिआर परिक्षणका लागि प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ नेपाल सरकारकै खर्च भएको गौतमले बताए ।

हालसम्म ३० हजार ४ सय ८३ जनामा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको उनले बताए ।
उनका अनुसार एउटा व्यक्ति ३० दिनसम्म आइसियुमा बस्नुपरेको अवस्थामा ४ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

TATA ADD