काठमाडौं, ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुका संख्या बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिहरुको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणबाट सुनसरीमा ६ वर्षिय बालिका र ६७ वर्षिय पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सामा ६१, ५८ र ४८ वर्षिय पुरुषको निधन भएको छ ।
त्यस्तै बारामा ५८ वर्षिय पुरुष, सिराहामा ६८ वर्षिय पुरुष, मकवानपुरमा ५६ वर्षिय पुरुष र भक्तपुरमा ७३ वर्षिय पुरुषको निधन भएको छ ।
आजसम्म १ सय ४६ जनाको कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ । डा. गौतमका अनुसार हल शुन्य दशमलव ४६ प्रतिशतले मृत्युदर बढेको छ ।