काठमाडौं, ६ भदौ । कोरोना भाइरस (कोभिड १९) को बढ्दो छ । संक्रमण गुणात्मक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा यतिबेला निषेधाज्ञाको अवस्था छ । भाद्र तीन गतेदेखि उपत्यकाका नागरिक घरबाहिर निष्कन पाएका छैनन् ।
स्थानिय प्रशासनले संक्रमणको अवस्था हेरेर देशैभर निषेधाज्ञा जारी गरेको अवस्था छ । बैंक तथा वित्तिय संस्थाहरु सिमित मात्रामा खुलेका छन् । यद्धपी सर्वसाधरण निर्वाध रुपमा बैंक तथा वित्तिय संस्थासँग कारोबार गर्न सक्ने अवस्थामा छैनन् ।
राजधानीको एक नीजि बैंकले भने यस्तो अवस्थालाई मौका बनाएर राष्ट्र बैंकको निर्देशन पालनाको नाटक गरेको छ । गत भदौ १ गते राष्ट्र बैंकले पुनर्कर्जाका लागि सुचना प्रकाशन गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । भदौ १ गतेदेखि असोज १४ गतेसम्म पुनरकर्जाको आवेदन बुझाउन बैंकहरुलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनलाई आधार मानेर ग्लोबल आइएमई बैंकले भदौ २६ गतेसम्म पुनरकर्जाको लागि आवेदन दिन ऋणीहरुलाई सुचना प्रकाशन गरेर अनुरोध गरेको छ । तर, निषेधाज्ञाको यो अवधिमा कुनै पनि ऋणीले आवेदन दिन सक्ने अवस्था छैन । हाल भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएपनि यो समय अझै बढ्न सक्ने बताइएको छ ।
‘यस्तो अवस्थामा हामीले कसरी पुनरकर्जाको आवेद बुझाउने हो । बैंकले यो समयलाई किन सुचना निकालेको हो,’ ग्लोबल आइएमई बैंकबाट ऋण लिएका पर्यटन व्यावसायी भन्छन्,‘पुनरकर्जाको समय अनुकुल भएन । हामीलाई हिँडडुल गर्नै कठिन भएको समयमा पुनरकर्जाको सुचना निकालेर ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकको निर्देशनलाई झारा टार्ने काम गरे जस्तोलाग्यो ।’
प्रकाशित सुचना अनुसार तोकिएको समय भित्र पुनरकर्जाको लागि आवेदन नदिए कर्जा पाउन कठिनाइ हुने भन्दै ग्लोबल आइएमई बैंकले ऋणीलाई धम्की समेत दिएको छ ।
बैंकहरुलाई नियमन गर्ने राष्ट्र बैंकले समेत यही समयमा सुचना निकाल्नुलाई अर्को रहस्यको रुपमा आशंका गर्न सकिन्छ । कोरोना महामारीबीचको निषेधाज्ञामै पुनरकर्जाको सुचना निकालेर राष्ट्र बैंक समेत नीजि बैंकसँग मिलेको एक ऋणी बताउँछन् ।