प्रदेश २ का कानुनमन्त्रीका पिएलाई कोरोना, नीजि अस्पतालका १० जनालाई संक्रमण पुष्टि !

प्रदेश २ का कानुनमन्त्रीका पिएलाई कोरोना, नीजि अस्पतालका १० जनालाई संक्रमण पुष्टि !


जनकपुर– प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका स्वकीय सचिवमा कोरोना पुष्टि भएको छ । कानुनमन्त्री यादव स्वयं संक्रमित भएको एक् सातापछि स्वकीय सचिवमा कोरोना संक्रमण पोजेटिभ आएको हो ।

उनीसहित एक निजी अस्पतालका १० जना कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । स्थानीय काव्या अस्पताल प्रालिका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको पीसीआर परीक्षणको क्रममा आइतबार आएको नतिजा अनुसार उनीहरु संक्रमित रहेको जनाइएको छ ।

मन्त्री यादव अहिले पनि होम आइसोलेसनमा छन् । उनले २० यता स्वकीय सचिवसहित कसैसँग पनि भेटघाट नभएको बताएका छन् ।

काव्या अस्पताल प्रालिका संक्रमितमध्ये एकजना चिकित्सकसहित आइसियूका ७ जना स्वास्थ्यकर्मी र प्रशासनका २ जना कर्मचारी छन् ।

Trending News