नेपाल एयरलाइन्समा जिएसए घोटालाको भित्री पाटो : कमिशन एजेन्टदेखि तस्करसम्म समलग्न !

दियो पोस्ट  

काठमाडौं, १९ साउन । मलेशिया जाने कामदारलाई स्वास्थ्य परिक्षण र भिषा प्रोसेसिङका नाममा सेटिङ ठगी गर्ने भिएलएनका मालिक राम श्रेष्ठ जेल चलान भए । करिब ३ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

उनै श्रेष्ठसहितको मिलेमतोमा नेपाल एयरलाइन्समा पनि भिएलएन काण्ड जस्तै जिएस काण्ड घटेको पाइएको छ ।

वाइडबडी खरिदमा मुछिएका रवी सिंह, ३३ किलो सुन तस्करी अभियोगमा पक्राउ परेर छुटेका ठाकुर प्रसाद ढुंगाना, दास ढुंगा हत्याकाण्डमा मदन भण्डारीको निधनपछि एमिको चाइनाको नाममा एकछत्र कमिशन एजेन्टको रुपमा धन्दा गर्दै आएका सोमेन्द्र जंङ थापाको गिरोहले नेपाल एयरलाइन्समा जिएसए घोटाला गराएको हो ।

नेपाल एयरलाइन्स जिएसको रिटेन्डर गर्ने भन्ने निर्णय उल्ट्याएर नियम विपरित भारत र युएईमा जिएसए तोक्ने निर्णय गरेको हो ।


भारतमा वर्ड ट्राभल्स र युएईमा अल्नि बोधाहा ट्राभल्सलाई जिएसए दिने निर्णय गरेको हो ।


भारतका लागि विवादास्पद कमिशन एजेन्ट थापाले नै जिएसए सहजिकरण गरेको आरोप छ । उनले उक्त ट्राभल्सका मालिक विजय भाटिया मुकेश शर्मा र निगमका कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीबीच पटक पटक वार्ता गराएको खुलेको छ । उनीहरुबीचको कुराकानी कल डिटेल नै निकाल्दा पुष्टि हुने निगम स्रोत बताउँछ ।

उनीहरुबीच कुल २ करो ५० लाखमा कमिशनल डिल भएको र कालाखेतीको खातामा १५ लाख रुपैयाँ जम्मा भएको बैंक विवरण हेर्दा पुष्टि हुने स्रोतको दाबी छ ।

निगमका तत्कालिन अध्यक्ष सुशिल घिमिरेको अध्यक्षताको बैठकले जिएसएको उक्त टेन्डर रद्द गरि रिटेन्डर गरेको थियो । तर घिमिरेले राजिनामा दिएर बाहिरिएपछि पर्यटन मन्त्रालयका प्रतिनिधि बुद्धिसागर लामिछानेलाई स्वघोषित अध्यक्ष बनाई जिएसएको रिटेन्डर गर्ने पूर्व निर्णय उल्टाइएको हो ।

निगमको जिएसए दाबी गर्ने वर्ड ट्राभल्सको एयर चाइना र जजिरा एयरलाइन्सको पनि जिएसए रहेको छ । उनीहरुको पनि नेपालमै उडान रहेको छ । युएईको जिएसए हात पार्ने अलनी बोदाह ट्राभल्समा पनि त्यस्तै अनियमितता भएको पाइएको छ । ‘

आन्टा ट्राभल्सले कोभिड महामारीको समयमा पनि टार्गेट मिट गरेको थियो । त्यस्तो अवस्थामा पनि नेपाल बायु सेवा निगमले आन्टाबाट जिएसए मनोमानी रुपमा अलनी बोदाहालाई दिएको हो ।

लामिछाने, महाप्रबन्धक डिम प्रकाश पौडेल, निगम कमर्सियल विभागका निर्देशक कालाखेती र अप्रेसन डाइरेक्टर क्याप्टेन दिपु ज्वारचनको मिलेमतोमा जीएसएमा युएईको अलनी बोदाहा ट्राभल्सलाई नियुक्ति गर्ने निर्णय गरेपछि ग्लोबल स्टार ट्राभल मेनेजमेन्टको आन्टा ट्राभल्सले युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालमार्फत छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
आन्टा ट्राभल्सको विषयमा अख्तियारमा परेको उजुरीमा राजपरिवारकै व्यक्तिहरुले हस्ताक्षर गरेको पाइएको छ ।

आन्टा ट्राभल्सको तर्फबाट म्यानेजिङ पार्टन एचई सेख मोहम्मद बिन अलि अल नुइमीले दिएको उजुरीको बोधार्ध पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई समेत दिइएको छ । कुनै पनि कम्पनीलाई जीएसए दिँदा त्यो कम्पनीले अरु एयरलाइन्सको जीएसए लिएर त्यो एयरलाइन्सको नेपालमा उडान गर्ने गरेको हुनुहुँदैन ।

यूएईमा दिइएको जीएसए अलनी बोदाहा ट्राभल्सले ट्रकिस एयर र क्याथे प्यासाफिक एयरवेजको समेत जिएस लिएको हुँदा उक्त ट्राभल्सलाई जीएसए दिन मिल्दैन ।

निगमका महाप्रबन्धक पौडेलले आफ्नो संयोजकत्वमा नियमविपरीत योग्यता नपुगेको ट्राभल्स एजेन्सीलाई चार वर्षको लागि जीएसए दिएर नेपाल वायुसेवा निगमको नीति नियमलाई समेत चुनौती दिएका हुन् ।

आन्टा ट्राभल्सलाई जीएसएबाट हटाउने खेलको पछाडि चलखेल गर्नेमा मलेसियाको भिसा काण्डमा पक्राउ परी कारबाहीमा परेका भिएलन तथा हारभेष्ट मुनका मालिक राम श्रेष्ठ र अनुसन्धानको दायरामा रहेका रवि सिंहको समलग्नता छ ।

३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ढुंगानाले अलनी बोदाह कम्पनिमा जिएम भएर काम गरिरहेको बुझीएको छ ।