काठमाडौं, २० साउन । मालपोत कार्यालय भन्ने वित्तिकै भ्रष्टाचारीहरुको अखडा भन्ने मनोविज्ञान बन्दै गएको छ । त्यसमा पनि राजधानीको डिल्लीबजार मालपोत कार्यालय त भ्रष्टहरुको अखडा नै हो ।
डिल्लबजार मालपोत कार्यालयका तत्कालिन कर्मचारीकै मिलेमतोमा बालुवाटारस्थित सरकारी जग्गा नक्कली मोही खडा गरेर विक्री गरिएको थियो । जसलाई बहुचर्चित ललिता निवास जग्गा प्रकरणले चिनिन्छ । डिल्ली बजार मालपोत कार्यालयका कर्मचारीहरुले बालुवाटारकै जस्तै विभिन्न स्थानमा नक्कली मोही खडा गरेर घरजग्गा नै विक्री गर्ने डरलाग्दो धन्दामा साथ दिँदै आएका छन् ।
डिल्लीबजार मालपोत कार्यलयको मुद्दा शाखामा कार्यरत सुब्बा राजन भण्डारीले सेवाग्राहीसँग ठाडै घुस माग्ने गरेको पाइएको छ । काम लिएर आउने सेवाग्राहीसँग हाकीमलाई दिनुपर्छ भन्दै सोझै घुस माग्ने गरेका उनले हाकीमलाई भने दिने गरेका छैनन् ।
उनले सेवाग्राहिले मोही र जग्गा धनिसंग सम्वन्धित पुर्जाका श्रेष्ताहरु माग्दा लुकाउने पाना च्यात्ने, फेरी जोड्ने, केरमेर गरिदिने र नदिने जस्ता गतिविधि गरेर पैसा असुली गर्ने गरेको आरोप छ ।
श्रेष्ताका प्रतिलिपि, लगतका प्रतिलिपि माग्दा समेत झर्किने, भोलि भन्ने र झुलाउने गरेको उनीमाथि आरोप छ । उनले आफूलाई घुस दिने व्यक्तिहरु मार्फत मात्रै काम गराउने गरेका छन् । सोहि तल्सीङ मुद्दा रहेको फाइल एक वर्ष अघिको फोटोकपि गने माग्दा समेत नदिएको एक सेवाग्राहीको गुनासो छ ।
तर उनका विचौलिया रामराज भण्डारी मार्फत रु ४० हजार घुस दिएपछि भने एक घण्टामै प्रतिलिपी हात परेको ती सेवाग्राहीको गुनासो छ ।
नक्कली तमसुक, नक्कली मोहि, नक्कली तलसीङ खडा गरेर सोझा निमुखा मोहीहरुको जग्गाको हक खोस्ने र लुट्ने काम गरेको आरोप उनीमाथि छ । उनले कपनमा आफन्तका नाममा बुडानिकण्ठमा श्रीमतीका नाममा आलिसान बंगला नौ बनाएको आरोप छ ।
सुब्बा भण्डारीले दैनिक २ लाखसम्म घुस असुली गर्ने गरेको आरोप ती सेवाग्राहीले लगाए । उनले फोनबाट कुनै पनि काम नगर्नु भन्ने उर्दी नै लगाएका छन् । उनका विचौलिया उमानाथ कटवाल र मिना खड्कालाई दिनमा २ वटा काम गर्नै पर्ने बाध्यता छ । अन्य कर्मचारीहरु पनि उनको हर्कत देखेर पनि माथिल्लो कर्माचारीहरुलाई गुनासो पोख्न नसक्ने र सेवाग्राहिहरुलाई नै गरीदिन आग्रह गर्दछन् ।
एक पीडितका अनुसार भण्डारीले केहीदिन अघि नै हात्ति गौडामा रु २० लाखको लेनदेन गरेको थिए ।
उनलाई अख्तियार र भूमि सुधार मन्त्रालयकै अधिकारीको संरक्षण रहेको अर्का एक कर्मचारीको दाबी छ ।
अर्का एक पीडितले ५० लाख रुपैयाँ थमाएर आफ्नो काम गराएको बताए ।
तर, यस विषयमा प्रतिक्रिया लिन भण्डारीलाई सम्पर्क गर्दा आफूमाथि लागेका सबै कुरा निराधार र गलत भएको बताए । ‘यी सबै कुरा शत प्रतिशत गलत हो । यो सुचना कसले दियो ? आउनुस् कार्यालयमा बसौँ कुरा गरौँ । मेरो विषयमा हाकिम सापलाई सोध्नुहोस्,’ उनले भने ।