पुरस्कार रकम नेपालको पूर्व र पश्चिममा रहेको शिविरमा २ वटा एम्बुलेन्स किन्ने किरणको घोषणा

diyopost.com
दियो पोस्ट  आइतबार, साउन २४, २०७८ | १६:४३:१७

काठमाडौं, २४ साउन । भ्वाइस नेपाल सेजन ३ का विजेता बनेका किरण गजमेरले पुरस्कार बापतको रकम सामाजिक सेवामा लगाउने भएका छन् ।

शनिबार राती सम्पन्न भ्वाईस अफ नेपालको विजेता बनेका गायक गजमेरले आफूले पाएको नगद २५ लाख रुपैयाँले पूर्व र पश्चिम नेपालमा रहेको भुटानी शरणार्थी शिविरलाई २ वटा एम्बुलेन्स किन्ने र बाँकी रहेको पैसा भने कोरोना महामारीका कारण आक्रान्त बनेको नेपाललाई खोप किन्न हस्तान्तरण गर्ने बताएका छन् ।

त्यस्तै एक हजार रुपैयाँ भने उनले अमेरिकामा रहेकी आफ्नो आमालाई दिने बताएका हुन् ।


विजेता बनेपछि नगद रकम के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

किरणले यी विषय सुनाइरहँदा सँगै रहेका उनका कोच तथा गायक प्रमोद खरेल भने भावुक भएका देखिन्थे ।

सम्बन्धित खबर