कुलमान घिसिङ विरुद्धको मुद्दा नेकपा फुटाउने न्यायाधीश कुमार रेग्मीको इजलाशमा !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०२, २०७८ | १६:५२:०६

काठमाडौं, २ भदौ । कुलमान घिसिङ विरुद्धको मुद्दा न्यायाधीश कुमार रेग्मीको ईजलाशमा परेको छ । विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ती विरुद्ध मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । घिसिङको नियुक्ती गैरकानुनी भन्दै शाक्यले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । शाक्यलाई उर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध उनी सर्वोच्च अदालतको ढोकामा पुगेका थिए ।

न्यायधीश रेग्मीले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजन गर्ने फैसला गरिदिएका थिए । ललिता निवास जग्गा काण्डमा समेत मुछिएका उनी विवादित न्यायाधीशको रुपमा चिनिन्छन् ।

सम्बन्धित खबर