काठमाडौं, २ भदौ । वागमती प्रदेशमा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुँदा माधव पक्षिय नेता राजेन्द्र पाण्डे भने निर्वाचन आयोग पुगेका छन् ।
उनी माधव नेपालसहितका नेताहरुसँग कान्तिपथस्थित निर्वाचन आयोगमा पुगेका हुन् ।
माधव समुहले नेकपा एमाले समाजवादी दर्ता गर्दैछ । दल दर्ताका लागि रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले लगायतका नेताहरु आयोग पुगेका छन् ।
यता ओली समुहले भने वागमती प्रदेशको संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको छ । आजै मुख्य मन्त्री परिवर्तन हुने जनाइएको छ ।