काठमाडौं, २ भदौ । नेकपा एमालेबाट विभाजित बनेको नयाँ दल नेकपा एमाले समाजवादीमा ९५ केन्द्रीय सदस्यीय रहेको छ ।
नेकपा एमाले समाजवादी दल दर्तापछि प्रतिक्रिया दिँदै नेता राजेन्द्र पाण्डेले आफूहरुसँग ३१ जना सांसद रहेको बताए ।
उनका अनुसार साविक एमालेबाट ५८ जना केन्द्रीय सदस्य सामेल भएर नयाँ दल दर्ता भएको छ ।
पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन् । नेता पाण्डेका अनुसार नेकपा एमालेका नेता वामदेव गौतम पनि नयाँ दलमा सामेल हुने छन् ।
वागमती प्रदेशको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य चयन भएको विषयमा आफूलाई केही थाहा नभएको पाण्डेले बताए ।