मन्त्रिपरिषदले पूर्णता पाउँदै : प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र १२, २०७८ | १४:२३:११

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र दाहालबीचको भेटमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव तथा छोरी गंगा दाहालले बताइन् ।


नेकपा एमाले विभाजन भएपछि अब छिट्टै एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने सरकारको तयारी छ । मन्त्री बन्ने विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्रै चौतर्फी विवाद रहेको छ ।

सम्बन्धित खबर