काठमाडौं । सीट बाँडफाँट टुंग्याउन भनेर बसेको गठबन्धनका शीर्ष नेताको बैठक आज पनि निष्कर्षमा नपुगी सकिएको छ । बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
एउटै सीटमा दोहोरो–तेहेरो दाबी परेको उनले बताए । दलहरूले आ–आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।