गोरखा । हिमपहिरोका कारण गोरखाको मनास्लु हिमालको आधार शिविर क्षेत्रमा केही पर्यटक बेपत्ता भएका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।
पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । स्रोतका अनुसार ४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।
हिमपहिरो आएको क्षेत्रमा शेर्पाहरुले उद्दार कार्य जारी राखेका छन् ।
उद्दारका लागि सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।