काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको र्यासनल ओभरसिज नाम गरेको म्यानपावरले वैदेशिक रोजगारीका नाममा ठगी गरेको खुलेको छ । विभिन्न काममा रोजगारी दिने भन्दै विदेश पठाएर महिनौं अलपत्र परेको पीडितको भनाई छ ।
उदयपुरकी देविका कुमार सिङदान घरको आर्थिक अवस्था कम्जोर भएका कारण विदेशिने निधो गरिन् । उनी काठमाडौं आएको केही दिनमा उक्त मेनपावर कम्पनीको सम्पर्कमा पुगिन् । कतारको एक कम्पनीमा खान बस्ने व्यवस्थासहित क्लिनरका लागि कामदार चाहिएको कुरा मेनपावरका अध्यक्ष लोकेन्द्र बहादुर कार्कीबाट थाहा पाइन् । सम्पूर्ण परिक्षण भएपछि १ लाख ८५ हजार रकम उक्त मेनपावरलाई बुझाएर १ महिना अघि कतार पुगिन् । काम कतारको अम्सारादस्थित ब्लुटिम कम्पनीमा भनिएको थियो तर त्यहाँ पुग्दा भने परिस्थिति फरक थियो । काम कम्पनीमा नभई घर–घरमा थियो । त्यसमाथि पनि न त कुनै बस्ने व्यवस्था थियो न कुनै खानाको व्यवस्था । त्यसपछि पनि उनी काम नै हो भनेर घरको क्लिनरको कामलाई नै निरन्तरता दिइन् । र सोहि घरमा बसिन् । तर कामका लागि मात्रै आफूहरुलाई कामदार चाहिएको र बस्न खानाको व्यवस्था गर्न नसकिने भन्दै १६ दिनपछि उनले काम गर्ने घरबाट निकालियो । सिङदानको साथमा थिइन् सोही मेनपावरमार्फत उनीसँगै गएकी नुवाकोट घर भएकी सिर्सानी तामाङ ।
क्लिनरका लागि कामदार चाहिएको छ भनेपछि तामाङले पनि सोही मेनपावलाई १ लाख ७३ हजार तिरेर दुबैजना सँगै उडेका थिए । मेनपावरले उक्त ब्लुटिम कम्पनीमा ८ घण्टा मात्रै काम गर्ने भनिए पनि त्यहाँ पुगेपछि घरमा १६ घण्टा काम गर्नुपर्ने बाध्यता यी दुबैलाई थियो । तमाङ र सिङदान गरि दुई जनाले मेनपावरलालाई ३ लाख ५८ हजार तिरेर गएका थिए । तर ठगी गर्दै आएको मेनपावरले भने १० हजारको विल बनाएर पठाएको थियो । आफूहरु अलपत्र परेपछि मेनपावरका अध्यक्ष कार्कीसँग सम्पर्क गरे । कार्कीले भोलिसम्म बस्ने व्यस्था हुँन्छ भन्दै झुलाएको पीडितपक्षको भनाई छ । “घरमा काम गरेको १५–१६ दिनसम्म त्यही बस्न दिएछन । तर आफूहरुले कामको लागि मात्रै कामदार चाहिएको र तिमीहरुलाई बस्न, खान दिन मिल्दैन भन्दै घरबाट निकालिदएछन् ।” पीडितकी दिदी मोनिकाले भनिन्, “कार्कीलाई सम्पर्क गरेर नेपाल फर्कने अनुरोध गर्दा उल्टै चोरीको आरोप लगाइदिन्छु भन्दै धम्काए।” कतारका अलपत्र परेपछि र मेनपावलरको त्यो धम्कीले दुर्बजनाले नेपाल नै फर्कने निर्णय गरे । त्यही भेट भएका नेपाली बहिनीहरु र साथीभाईको सहयोगमा आफ्नै खर्चमा उनीहरु १ महिनापछि देश फर्के । फर्केपछि मुस्किलले कार्कीसँग सम्पर्क गरेर आफूहरुले बुझाएको रकम फिर्ता माग्दा कार्कीले तिमीहरुसँग रकम दिएको कुनै प्रमाण छ भन्दै थर्काएको पीडितको भनाई छ । “पहिले जाँदा रकम नगद नै दिनुपर्ने र रकम मेनपावरलाई बुझाएपछि प्रमाणको रुपमा कुनै भौचर विल दिएको थिएन । १० हजारको मात्रै विल बनाएको थियो।” मोनिकाले भनिन् ।
अहिले पीडितले तिनकुने प्रहरी चौकीमा निवेदन दिएका छन् । साथै उनीहरुले वैदेशिक रोजगार विभागमा समेत उजुरी दिएका छन् । हामीले उक्त मेनपावरका अध्यक्ष लोकेन्द्र कार्कीलाई सम्पर्क गर्न खोज्दा उनको फोन बन्द छ । यद्यपी कार्की अहिले भागेर दुवैमा रहेको समेत खुलेको छ ।
ठगी धन्दा गर्दै आएका र उल्टै पीडितलाई धम्की दिने गरेका छन् ।
साथै कतारको उक्त कम्पनीमा कामदार चाहिएको भनेर मेनपावरको मिलेमतोमा मानव मेचविखन गर्ने राज रोक्का समेत सम्पर्कविहीन भएका छन् ।
वैदेशिक रोजगारीका क्रममा दलालको ठगीमा परेका सयौं कामदारको विदेशमा अलपत्र परेर वैदेशिक रोजगार विभागमा उजुरी दिन पुग्ने गरेका छन् ।