ठमेलमा खतरनाक दोहोरी साँझ : ग्राहकमाथि बोतल प्रहार गरि रक्ताम्य, संचालकलाई उन्मुक्ति

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत साउन १३ गते विहान ३ बजे राजधानीको ठमेलस्थित फेवा दोहोरी साँझमा नास्ताखाएका विरेन बहादुर धानुकसहितको समुह बिल तिर्न भनेर काउन्टरमा पुग्छन् । त्यतिनै बेला काउन्टर नजिकै रहेका अशोक कुमार तामाङ, बिरे तामाङसँग उनीहरुको सामान्य विवाद हुन्छ ।

त्यतिनै बेला दोहोरी साँझका म्यानेजर दिपक कुमार तामाङले बियरबो बोतल विरेन धानुकको टाउकोमा प्रहार गर्छन् । अशोक तामाङसहितको १० जनाले ती दुई घाइतेमाथि निर्घात कुटपीट गर्दा समेत रात्रीकालिन सुरक्षामा खटिएको प्रहरीले चाल पाउँदैन । घटनामा संलग्न अशोकसहितको समुहले दाहोरी साँझ आएका घाईते विरेन भनिने विरेन्द्र धानुकबाट ५ तोलाको एउटा सिक्री, १ लाख रुपैयाँ नगद र विनोद खड्काको साथमा रहेको ३५ हजार रुपैयाँ चोरी गरि फरार हुन्छन् ।

घाइते अवस्थामा विरेनलाई तत्काल ग्राण्डी अस्पताल पुर्याइन्छ । खड्कालाई पनि सोही अस्पताल पुर्याइन्छ । टाउकोमा गम्भिर चोट लागेका विरेनलाई ग्राण्डी अस्पतालका चिकित्सकले १५ वटा टाँका लगाएको रिपोर्टमा देखिन्छ भने अर्का खड्काको टाउकोमा १० टाँका लगाइएको छ ।

तर, यस्तो गम्भिर अपराधको घटनामा प्रहरीले दोहोरी साँझ संचालकलाई भने उन्मुक्ति दिएको छ, भने मुख्य अभियुक्त अशोक तामाङलाई पक्राउ नै नगरी फरार सुचीमा राखेर मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिल कार्यालयले गत भदौ २० गते जिल्ला अदालत काठमाडौंमा दोहोरीसाँझ संचालकलाई उन्मुक्ति दिएर मुद्दा बुझाइएको हो । ग्राहकमाथि बियरको बोतल प्रहार गर्ने दोहोरी साँझका म्यानेजर दिपक तामाङलाई भने पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । जिल्ला अदालत काठमाडौंले अभियुक्तहरुलाई धरौटीमा छाडेको छ ।

घटनाका मुख्य अभियुक्त अशोक कुमार तामाङ धादिङको उत्तरी क्षेत्रलाई आधार बनाएर विभिन्न अपराधमा संलग्न छन् । उनीमाथि दर्जनौँ मुद्दा विचाराधिन रहेको छ ।

TATA ADD

सिफारिस