
काठमाडौं । अमेरिका भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेनियम च्यालेञ्ज कर्पोरेशन नेपाल (एमसीए) खारेजको विषय राख्न सांसदले आग्रह गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी खारेज गर्ने विषयमा महासभामा आफ्नो विचार प्रष्ट राख्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका हुन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली यही असोज ४ मा अमेरिका जाँदै छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सुवालले एमसीसी आएकै भरमा उसैको नीतिलाई मान्नुपर्ने कुरा देशका लागि स्वभनीय नभएको भन्दै उने भने, “पुष्पलाल र विपीका उत्तराधिकारी र अनुन्यायी घोषणा गर्नेहरुले सरकारले व्यापार गर्ने होइन् भन्दै सरकारी सम्पती व्यक्तिलाई पोस्दै छन् । एमसीसी आएकै भरमा हामीले उसैको नीतिलाई मान्नु पर्ने के यो देशका लागि स्वभनीय छ त ? यता भारतीय कम्पनी जिएमआरले माथिल्लो जलविद्युत आयोजन आफूले लगानीको स्रोत जुटाउन नसकेको भन्दै अर्कैलाई बेचेछ । यसरी नेपालको जलस्रोत बेच्न पाउने उसले अधिकार कहाँबाट पायो । यती मात्र होइन, कैंयन बाह्य यस्ता लगानी नेपाल भित्रिदै छन् । त्यसकारण देशका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी छ ।” सिवालले देशका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी रहेको उनको भनाई छ ।
महासभामा नेपालबाट एमसीसी खारेज गर्ने प्रस्ताब राख्न प्रधानमन्त्री समक्ष अनुरोध गरेका थिए । यता प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति बारेमा आफुले महासभामा प्रष्ट धारणा राख्ने बताएका छन् । ओलीले भने, “फ्यूचर समीट नाम दिइएको महासभामा जलवायु परिवर्तन र यसले नेपालमा पारेको असरसंगै यसको दिगो समाधानका आगामी नीति बनाउन तर्फ महासभाको ध्यानाकर्षण गराउने छु ।”
साथै भ्रमणका क्रममा नेपालको शिर ढल्ने गरी कुनै पनि काम नगर्ने ओलीले बताए । ‘नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम गर्दिनँ’ प्रधानमन्त्री ओलीले भने । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उनले बताए ।