
फाइल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपतिको प्रस्ताव अघि सारेका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने र प्रधानमन्त्री कार्यकारी हुनुपर्ने प्रस्ताव गरेका हुन् ।
त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका लामिछानेले अहिलेकै अवस्थाको प्रदेश सभा कुनै हालतमा स्वीकार गर्न नसकिने भनेका छन् ।