दरबारमार्गमा बालेनको समर्थक कुटिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक काठमाडौंको दरबारमार्गमा कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका बालेन समर्थकलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो ।

दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन १ बालेन १’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।

प्रत्यक्षदर्शीले ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरु भागेको बताइएको छ ।

सम्बन्धित खबर

सिफारिस