
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रहरीमो सुरक्षाको माग गरेका छन् । उनीसँगै उनकी श्रीमती सोनी सिन्धु रानीले पनि सुरक्षा माग्दै प्रहरी कार्यालयमा पुगेका छन् । केहीदिनअघि राउत श्रीमतीबाटै असुरक्षित भएको भन्दै ललितपुरस्थित प्रहरी प्रभाग इमाडोल पुगेका हुन् । अध्यक्ष राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका थिए। त्यसपछि पनि उनीहरूबीचको विवाद भने रोकिएको छैन ।
केहीदिनअघि अध्यक्ष राउतले श्रीमतीबाट असुरक्षा भएको भन्दै निवेदन दिएका थिए । आज बिहीबार उनकी पत्नी सोनी पनि प्रहरीकोमा सुरक्षा माग्न पुगेको सुवेदीले नेपालखबरलाई जानकारी दिए। राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्।
प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्ष उल्लेख गरेका छन् । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी तराईका केही जिल्लामा प्रभावशाली देखिएको थियो । मधेस प्रदेशको सप्तरी जिल्लामा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन्। उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।