
फाइल
काठमाडौं । काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ।
आफू पक्राउ पर्ने सूचना पाएलगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पार्टीका नेताहरुलाई पार्टी कार्यालय वनस्थलीमा छलफलका लागि बोलाएका छन्। सभापति लामिछानेले बोलाएपछि पार्टीका नेता तथा सांसदहरु पार्टी कार्यालय पुग्ने क्रम जारी छ।
स्रोतका अनुसार सादा पोशाकमा पनि प्रहरी खटाइएको छ।