रक्सीले मातेर लफडा गर्ने कर्णालीका डीआईजी ठकुरी हेडक्वाटर तानिए

दियोपोस्ट संवाददाता

काठमाडौं । रक्सीले मातेर लफडा गर्दै हिँड्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । उनको ठाउँमा जनक भट्टराईलाई पठाइएको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

यसअघि २६ भदौमा रकम लेनदेनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो । उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआईजी लालमणि आचार्यलाई पठाइएको थियो ।

सम्बन्धित खबर

सिफारिस