नयाँ दिल्ली, भदौ २३ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनको एपक्षिय व्यापार नीतिको कडा आलोचना गरेका छन् ।
सिंगापुरस्थित ‘प्यानल डिस्कसन’ मा बोल्दै विदेशमन्त्री जयशंकरले चीनको व्यापार नीति बारे टिप्पणी गरेका हुन् । उनले खुला व्यापार सम्झौताको सहजीकरण नगरेको भन्दै चिनियाँ व्यापार नीतिको खरो आलोचना गरे ।
चीनकै एकपक्षिय व्यापार नीतिका कारण दुई देशबिचको सम्बन्धमा संकट पैदा भएको उनले बताए ।
प्यानल डिस्कसनमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णन पनि सहभागी थिए ।