घटेको मूल्यमा ग्याँस नबेच्ने व्यवशायीलाई कारवाही हुने

Diyo post  

काठमाडौं । नेपाल आयल निगमले घटेको मूल्य अनुसार ग्याँस बिक्रि नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार निगमले एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल.पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई सचेत गराएको हो ।

अन्यथा निगम कडा कारबाही गर्न बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ । निगमले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल।पी ग्याँसको मूल्य समायोजन गरेको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो । तर, अनुगमनका क्रममा निगमले व्यवसायीहरुले पुरानै मूल्यमा ग्याँसको कारोबार गरिरहेको पाइएको जनाएको छ ।

सम्बन्धित खबर