ज्ञानेन्द्र शाहीको अवस्था गम्भिर, उपचारको लागि काठमाडौं रिफर

दियो पोस्ट  

चितवन,असोज ११। राजावादीको कार्यक्रम गरेको भन्दै अज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो । शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कुटपिट गरेका थिए । शाहीले आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए । प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।