प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफै लिने, युवराज खतिवडा बालुवाटारमै मुख्य सल्लाहाकार !

प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफै लिने, युवराज खतिवडा बालुवाटारमै मुख्य सल्लाहाकार !

काठमाडौं, १९ भदौ । अर्थमन्त्रीबाट पदमुक्त भएपनि डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै राख्ने भएका छन् ।


विहिबार बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य नियुक्त गर्न सिफारिस गरेपछि खतिवडाको मन्त्री पद आजै समाप्त हुँदै छ ।

तर, प्रधानमन्त्री ओलीका खास पात्र रहेका खतिवडालाई आफूसँग निरन्तर सम्पर्कमा राख्न प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहाकार रुपमा निरन्तरता दिन चाहेको पाइएको छ ।


प्रधानमन्त्रीले उनलाई मुख्य सल्लाहाकार बनाउनका लागि पार्टी भित्रका आफू निकटस्थहरु छलफल नै थालिसकेका छन् । विहीबार भएको छलफलमा खतिवडा समेत उपस्थित रहेको पाइएको छ ।

खतिवडासँग भएको छलफलमा ओलीले केही समय आफैँले अर्थ मन्त्रालय राख्नेगरी खतिवडालाई नै चलाउनदिने र मुख्य सल्लाहाकारको भूमिकामा राख्ने तयारी थालेका छन् । उनले उक्त छलफलमा नेकपाका अरु सांसद अर्थमन्त्री बन्न लायक नभएको समेत सुनाएका थिए ।

तर, खतिवडाले सल्लाहाकार बन्ने विषयमा जवाफ दिएका थिएनन् । यद्धपी उनले अवको अर्थमन्त्री को हुन्छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले अर्थमन्त्रालय आफैले लिने वा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बनाउने विकल्प सुनाएका थिए ।

ओलीसँग अर्थृमन्त्री खतिवडाले राष्ट्रिय सभामा लैजाने विषयमा ओलीकै सारथी विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालले असहयोग गरेको गुनासो गरेका थिए ।


‘माफियाहरुले नेकपाका नेताहरुलाई प्रयोग गरेर मलाई हटाउने खेल खेले’,‘उनलको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘वामदेव गौतमसँग त म अर्थमन्त्री भएको भोलीपल्टदेखि आमनेसामनेभएको हो ।’

Trending News