धादिङ हत्या प्रकरण : यस्तो अवस्थामा भेटियो सोमबहादुरको टाउको विनाको विभत्स शरिर !

दियो पोस्ट  

धादिङ, १९ भदौ । शुक्रबार राती करिब १ बजे जिल्ला प्रहरी कार्यालयको मूलगेटमा ड्युटीमा बसिरहेका एक युवा हस्याङ फस्याङ गर्दै आए ।

‘म त मान्छे काटेर आएको’ ती युवाले यसो भनेपछि प्रहरी जवानलाई पत्यार लागेन । प्रहरीले नपत्याएपछि ती युवकले झोला खोलेर देखाए । झोलामा एक पुरुषको टाउको मात्रै देखेपछि ती प्रहरीको होस हवासै उड्योे ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्सपेक्टरलाई रिपोर्ट गरेपछि उनी पनि त्यहाँ पुगे नभन्दै ती युवाले हत्या गरेर टाउको बोकेर आएका रहेछन् । ‘सुचनाको फस्ट पर्सन नै हत्या अभियोगी हो,’ सरोजले दियोपोस्टसँग भने,‘उनलाई त्यसपछि नै हामीले नियन्त्रणमा लियौँ । किन भने उसले दिएको सुचना भन्दा अर्को विकल्प थिएन ।’

एक व्यक्तिको १३ दिने कर्मकाण्डमा संस्कारअनुसारको पितृप्रसाद खाएर फर्किरहेका ६४ वर्षीय सोमबहादुर गुरुङ बीच सामान्य विवादपछि हत्यासम्मको रुप लिएको हो ।


शुरुको जम्काभेटपछि राजुले सोमबहादुरलाई सोधेका थिए ‘यति राति कता हिँडेको बाबै ?’ सोमबहादुरको जवाफ थियो, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ राजुले रिसाउँदै भने ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने ।’ मृतक गुरुङले युवकको घाटी मात्रै समातेनन् २ थप्पड समेत हानेको बयान प्रहरीलाई उनले दिएका छन् ।

त्यसपछि उनी फुत्केर नजिकैको घरमा गएर खुर्पा ल्याएर वृद्धको गर्दन छिनाए । त्यसपछि उनी हत्या गरिएका वृद्धको टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका हुन् ।


उनले कालो झोलामा हालेर शव ल्याएका थिए । प्रहरीले राजुलाई ७ दिन म्याद थपेर अनुसन्धान थालेको छ ।

धादिङ हत्याप्रकरण : ‘तेरो श्रीमतीसँग सुत्छु भनेपछि हत्या, झोलामा टाउको लिएर राजु प्रहरीमा !

धादिङ हत्या प्रकरण : यस्तो अवस्थामा भेटियो सोमबहादुरको टाउको विनाको विभत्स शरिर !

हत्या गरेपछि हतियार र मृतकको टाउकोसहित अभियुक्त धादिङ प्रहरी कार्यालयमा !