प्याजको भाउ आकाशियो, कालोबजारी बढ्यो : कालीमाटीमै ६ वटा स्टलमा शील !

दियो पोस्ट  

काठमाडौं, ३१ भदौ । नेपाली बजारमा भारतीय प्याज निर्यातमा रोक लगाएसँगै प्याजको बजार भाउ आकाशिएको छ । सोमबारसम्म प्रतिकिलो ६० रुपैयाँमा विक्री हुँदै आएको प्याज बुधबार प्रतिकिलो होलसेल भाउ १ सय १९ रुपैयाँसम्म पुगेको छ । त्यति मात्रै होइन खुद्रा व्यापारमा भने १ सय ५० देखि २ सय रुपैयाँसम्म विक्री गर्न थालिएको पाइएको छ ।


भारतले प्याजमा रोक लगाएपछि सोमबार जम्मा ३५ टन मात्रै प्याज भित्रिएको थियो भने मंगलबार प्याज नै आएको थिएन । प्याजको मुल्य बढेसँगे यसको कालोबजारी समेत बढेको छ ।

नेपालमा प्याज उत्पादन भएपनि ९० प्रतिशत बजार हिस्सा भने भारतीय प्याजले नै ओगटेका छन् ।


प्याजमा कालोबजारी बढेको सुचना पाएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति मातहतकै ६ वटा बजार भित्रकै ६ वटा स्टलमा शिल गरेको छ ।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ६ वटा सटरमा शिल गरेको हो । उनीहरुलाई ३ दिनभित्र विभागमा आए स्पष्टिकरण दिन भनिएको छ ।

सम्बन्धित खबर