राई स्कुलका प्रिन्सिपल कृति पाण्डेका कारण भारतीय खुफिया एजेन्सी ‘रअ’ भित्रै भाँडभैलो

दियो पोस्ट  

काठमाडौं, २ असोज । राजधानीको नक्सालमा भारतीय लगानीको राई स्कुलका प्रिन्सिपल कृति पाण्डे उर्फ केपीका कारण भारतीय खुफिया एजेन्सी ‘रअ’ भित्र भाँडभैलो मच्चिएको छ ।


नियमित रुपमा भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ नेपाल प्रमुख अभिजित हल्दरसँग रहस्यमयी रुपमा भेटघाट गर्दै आएका पाण्डेका कारण विवाद बढेको समाचार स्रोतले दियोपोस्टलाई बताएको छ ।


गत भदौ २४ पनि पाण्डेले करिब ३ घण्टा १० मिनटसम्म हल्दरसँग रहस्यमयी भेटघाट गरेका थिए । उनले भेटघाट गरेको विषय दियोपोस्टले सार्वजनिक गरेपछि झनै विवाद बढेको स्रोत बताउँछ । रअ भित्रै एउटा समुहले उनलाई महत्व दिन नहुने र उनको शंकाष्पद गतिविधिमा उल्टै निगरानी गर्नुपर्ने माग उठेको छ ।


यद्धपी पाण्डेले नेपालमा विद्यालयको आडमा भारतीय खुफिया एजेन्सीको जासुसी गर्दै आएका छन् ।

आश्चर्य त के छ भने उनी प्रिन्सिपल रहेको विद्यालयमा नेपालका गृहमन्त्रालयका पूर्व सहसचिवदेखि राष्ट्रिय अुनसन्धान विभागकै पूर्व प्रमुख र सशस्त्र प्रहरीका पूर्व एआइजी सल्लाहाकार बोर्डमा छन् ।

सोही विषय पनि रअमा एउटा विवादको कारण रहेको स्रोत बताउँछ ।


नेपालमा रहेको केही व्यक्तिहरुलाई भारतीय दूतावासले दिने छात्रबृत्तिमा समेत पाण्डेको मिलेमतोमा अनियमितता हुने गरेको स्रोतले दियोपोस्टलाई बतायो ।

केही उच्च घरानाको परिवारलाई छात्रबृत्ति दिलाइदिन्छु भन्दै पाण्डेले बसमा पार्ने गरेको समेत पाइएको छ ।

भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुखसँग राई स्कुलको प्रिन्सिपलको रहस्यमयी भेट !

‘रअ’सँग उठबस हुने भारतीय स्कुलको सल्लाहकार नेपालका खुफिया पूर्वप्रमुखदेखि पूर्वएआइजी सम्म !

सम्बन्धित खबर