काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका केद्रीय सदस्य तथा प्रभावशाली नेता मिन विश्वकर्माले राजिनमा दिएका छन् ।
निर्वाचन निर्देशिकाले दलित समुदायलाई प्रवेश निषेध गरेको भन्दै उनले केन्द्रीय सदस्य र दलित संघको अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।
‘वर्तमान विधानको गलत व्याख्या गर्दै असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकाबाट विना छलफल लागु गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको छ,’ उनले राजिनामा पत्रमा भनेका छन्,‘तर पार्टीमा सधै बर्चस्व रहेको जाति, वर्ग र समुदायको सहभागीता र प्रतिनिधित्वको दर भने बृद्धि भएको देखिन्छ ।’