हिरासतमा रहेका जुवाडेलाई ‘छुटाउँछु’ भन्दै घुस लिने माओवादी कार्यकर्ता पक्राउ, ठूला नेतासँग साँठगाँठ

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र १७, २०७८ | १७:०३:३५

काठमाडौं, १७ भदौ । एक समय थियो । तत्कालिन सत्ता विरुद्ध भूमिगत संघर्ष गर्ने माओवादी कार्यकर्ता पक्राउ पर्थे । सडकमा दलाल विचौलियालाई आफै पक्राउ गरेर तत्कालिन प्रहरीलाई बुझाउने काम समेत तत्कालिन वाईसिएलले गरेको थियो ।

जुवाडेहरुलाई माओवादीले नै जनकारबाही गरेको प्रसस्त घटनाहरु छन् । तर, समय फेरिएको छ ।

माओवादी कार्यकर्ताहरु नै दलाल र विचौलिया भएका छन् ।

नेताहरुसँगको तस्विर सामाजिक सञ्जालमा देखाएर उनीहरुले ठगीधन्दा चलाउन थालेका छन् ।


काठमाडौं प्रहरीले बुधबार २ जना माओवादीलाई विचौलियाको आरोपमा पक्राउ गररेको छ । उनीहरुले प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाउँछु भन्दै घुस मागेको पाइएको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् ।


पक्राउ परेका उपाप्ध्याय माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएको छ ।

दत्त बुढा पनि विद्यार्थी नेता नै रहेको थाहा भएको छ ।

उनीहरुले स्वयम्भुस्थित प्रहरी हिरासतमा रहेका जुवाडेलाई छुटाउँछु भन्दै ३ लाख रुपैयाँ घुस लिएको पाइएको छ ।


उनीहरुले डिएसपी, सिडिओ र सरकारी वकिललाई सेटिङ मिलाउनुपर्छ भन्दै घुस असुलेको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका जुवाडेहरुले नै सुचना चुहाएपछि उनीहरुलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित खबर