९१ करोडको पोशाक खरिदमा चरम घोटाला : तीन वर्षदेखि पाएनन् सशस्त्रका सिपाहीले पोसाक

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र २०, २०७८ | १४:०७:३८

काठमाडौं, २० भदौ । सशस्त्र प्रहरी बलको खरिद व्यावस्थापनमा व्यापक अनियमितता भएको पाइएको छ ।


यस वर्ष भएका खरिद प्रक्रिया र अनियमितताको विषयमा महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा विभिन्न विषय औँल्याइएको छ ।


महालेखाका अनुसार यो वर्ष कार्यालय सामान, जिप, बुट, चुस्ता, स्लिपिङ ब्याग, उद्दार सामग्री लगायत विभिन्न ३६ वटा बोलपत्र र शिलवन्दी माध्यमबाट खरिद गरिएको छ ।

ती मालसामानहरु खरिद गर्न ५५ करोड २४ लाख, ९७ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये ३२ वटा भने सम्झौता अनुसार नै सामान प्राप्त भएको महालेखाले जनाएको छ ।

चुस्ता, फ्लेक्जिबल सिंगल मास्टर अपरेसन्स उपकरण, उनी जर्सी, म्याट्रेस समेत गरि १२ करोड ७८ लाख ६५ हजार मुल्य बराबरको मालसामान अपूर्ति भएको छैन ।


सशस्त्रले खरिद गरेको उक्त सामान सम्झौता अनुसार नभई गुणस्तरहिन भएको समेत पाइएको छ ।

‘तोकिएको समयमा आपूर्तिए हुन नसक्नुमा आपूर्ति भएका मालसामान स्वीकृत गुणस्तर बमोजिम नभई प्रतिस्थापन गर्नु परेको र पुन बोलपत्र आह्वान गर्नु परेको, कोभिड १९ लगायत कारण उल्लेख छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ,‘वार्षिक खरिद योजना बमोजिम खरिद कार्यको व्यवस्थापन गर्नुपर्छ ।’


त्यस्तै पोसाक खरिदमा समेत व्यापक घोटाला भएको पाइएको छ । सशस्त्र प्रहरीले नियमावली २०७२ अनुसार विभिन्न ४७ प्रकारका पोशाक तथा सामान पाउने व्यवस्था छ ।

सशस्त्र प्रहरी कर्मचारीका लागि व्यक्तिगत सामानहरु खरिद गर्न भन्दै ३९ करोड ९४ लाख बजेट बिनियोजन भएको देखिन्छ ।

बोलपत्र तथा शिलबन्दीको माध्यमबाट १३ प्रकारका पोशाक खरिदका लागि ३६ करोड १६ लाख ६४ हजार रुपैयाँको सम्झौता भएको थियो । तर, उक्त रकमले खरिद गरेका सामग्री गुणस्तरमा असफल भएको पाइएको छ ।

त्यस्तै ३ खरिद सम्झौता अनुसारको सामान अहिलेसम्म पनि उपलब्ध नभएको महालेखाले बताएको छ ।


नियमावली अनुसार सशस्त्र प्रहरी कर्मचारीले नियमानुसार पाउनुपर्ने पोशाक समेत पाएका छैनन् । वर्षमा २ जोर चुस्ता, पीटी जुत्ता वर्षमा १ जोर, उनी कम्बल २ वर्षमा २ थान लगायत सामान सशस्त्र कर्मचारीले पाएका छैनन् ।

महालेखाका अनुसार विगत तीन वर्षमा दरबन्दी अनुसार वितरण गर्नुपर्ने सामान समेत लार्खौँको संख्यामा कर्मचारीले पाएका छैनन् ।

जसमा १ लाख ७६ हजार ९ सय ६८ थान तयारी चुस्ता, एक लाख ८ हजार ३ सय ८५ थान जुत्ता, ३८ हजार ६ सय १२ जोर डिएम बुट, ३४ हजार ९ सय ५६ थान पार्क ज्याकेट र ८ प्रकारका ५ लाख ३० हजार परिमाणको सामान अझै नपुग भएको महालेखाले ठहर गरेको छ ।

विगत ३ वर्षदेखि नेपाल प्रहरीमा शैलेन्द्र खनाल प्रहरी प्रमुख आइजिपी छन् ।

खनालकै लापरबाहीका कारण शर्त अनुसारको सामग्री प्रहरी कर्मचारीले नपाएको सशस्त्र प्रहरी उच्च स्रोतले जनायो ।

ठेकेदारसँग उनको अनावश्यक हिमचिमका कारण प्रहरी कर्मचारीहरु विगत तीन वर्ष पोशाक विहिन बन्नुपरेको छ ।

सम्बन्धित खबर