डिल्लीबजारमा भयानक दुर्घटना : नेपाली सेनाका उच्चअधिकारी सवार गाडीमा क्षति !

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र २४, २०७८ | ०:३९:४४

काठमाडौं, २३ भदौ । काठमाडौंको डिल्लीबजारस्थित सिल्भरसिटि अपार्टमेन्ट अगाडी सवारी दुर्घटना भएको छ ।

विपरित दिशाबाट आउँदै गरेको कारले अर्को टाटा स्टोर्म जिपलाई ठक्कर दिएको हो ।


कारको ठक्करबाट जिपको अगाडीको भागमा पुरै क्षति भएको छ ।

नेपाली सेनाका उच्च अधिकारी सवार रहेको उक्त जिप दुर्घटनामा परेको हो ।

उक्त जिपकोबारेमा महानगरिय ट्राफिक प्रहरी महासाखालाई सम्पर्क गर्दा गाडी नम्बर नै थाहा नभएको जानकारी प्राप्त भयो ।

तर, दियोपोस्टलाई स्थानियबासीले पठाएको तस्विर अनुसार दुर्घटनामा परेको गाडी नम्बर बा १ अ ३११७ रहेको छ ।

सम्बन्धित खबर