काठमाडौं, ३१ भदौ । नेपाल टेलिकमले कोरोना संक्रमण रोकनामका लागि तयार पारेको मोबाइल रिंग ब्याक टोन हटाएको छ ।
टेलिकमले जनगणना २०७८ को रिंग ब्याक टोन राखेको छ ।
नेपालमा कोरोना संक्रमण शुरु भएपछि नेपाली कांग्रेसका नेता गगन थापाको सुझावका आधारमा नेपाल टेलिकमले कोरोना संक्रमण रोक्न सचेतना दिने रिंग ब्याक टोन सार्वजनिक गरेको थियो ।
तर, बुधबारदेखि टेलिकमले उक्त रिंग ब्याक टोन हटाएर जनगणना सहभागी हुन सर्वसधारणलाई अपिल गरिएको छ ।