धादिङबेशीमा ३ करोड लगानीमा ‘द बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन’ रेष्टुरेन्ट खुल्यो

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन १३, २०७८ | २३:५२:१४

धादिङ्ग, असोज १३ । धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गवेसीमा बर्गर हाउस सञ्चालनमा आउने भएको छ । देशभर चर्चामा रहेको (द बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन) धादिङमा समेत तीन करोड लगानीमा सञ्चालनमा आउन लागेको हो ।

निलकण्ठ नगरपालिकास्थित वडा नम्बर तीनस्थित क्याम्पस चोकमा बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आउन लागेको हो । सञ्चालकहरुका अनुसार दशैँ अघि नै सञ्चालनमा आउने छ । भौतिक निर्माणको काम सम्पन्न भएपछि अब सञ्चालनमा मात्रै आउन बाँकी रहेको उनीहरुको दाबी छ ।

 

 


‘द बर्गर हाउस एण्ड क्रन्चि चिकेन फ्राई’को कर्पोरेट संस्थापक बसन्त लामा हुन् । धादिङमा सञ्चालनमा आउने शाखा ८३ औँ रहेको सञ्चालकहरुलेब बताए ।

 

बर्गर हाउसमा बर्गरको भेराइटी र सिएफसी (क्रन्ची फ्राइ चिकेन) लगायत दर्जनौँ मेनुमा सेवाग्राहीलाई सन्तुष्ट बनाउने छ ।

सम्बन्धित खबर