काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।
सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माआवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीले पार्टीबाट उम्मेदवार बनेका सदस्यले समयभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगद्वारा निर्धारित समय सीमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।