दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले दियो आदेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो। दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग भएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।

TATA ADD