प्रधानमन्त्री ओलीसँग बंगलादेशकी मन्त्री हसनको भेट, के–के भयो कुराकानी ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा भ्रमणमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले भेटेकी छिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग मन्त्री हसनले बिहीबार भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा उनीहरुबीच नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

सिफारिस