संयुक्त अपांग एकता आवाज केन्द्रलाई राधाकृष्ण भण्डारीद्वारा खसी सहयोग

दियोपोस्ट संवाददाता

धादिङ । नेपाली कांग्रेस निकट नेपाल तरुण दल धादिङका पूर्वउपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’ले एक अनाथ तथा अपांग आश्रयस्थललाई खसी सहयोग गरेका छन् । विगतका वर्षहरुमा सहयोग गर्दै आएका उनले यस वर्षपनि खसी सहयोग गरेका हुन् ।

उनले काठमाडौंको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गरेका हुन् । ‘मैले विगतका वर्षहरुमा पनि खसी सहयोग गर्दै आएको छु । यस वर्षपनि मैले खसी दिएको छु,’ उनले दियोपोस्टसँग भने,‘आगामी दिनमा अझै समाज सेवामा लाग्नेछु ।’

सम्बन्धित खबर

सिफारिस