
काठमाडौं । उपभोक्ताको अधिकारका लागि भन्दै विभिन्न संघ संस्थाहरु क्रियाशिल छन् । तर, यसरी अधिकारका नाममा खुलेका संस्थाहरुले विभिन्न कम्पनिको अपराध लुकाउन बार्गेनिङ गर्ने गरेको खुलेको छ । एक कम्पनिसँग ५० लाख रुपैयाँ बार्गेनिङ गरेको अभियोगमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले नेपाली उपभोक्ता संरक्षण महासंघका पदाधिकारीलाई पक्राउ गरेको छ । अध्यक्ष चन्द्र साउद भने अदालतको फरार सुचीमा छन् । उनीहरुले आफूहरुलाई गृहमन्त्रालयको अधिकारी हुँ भन्दै कार्ड समेत देखाएका थिए ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ स्थित गुर्जुधारास्थित स्टेटवेय ईन्टरप्राइजेजको गोदाममा म्याद सकिएको खाद्य वस्तुहरुमा नयाँ स्ट्रिकर टाँसेर अवैध काम भइरहेको सुचना पाएपछि नेपाली उपभोक्ता महासंघका अध्यक्ष चन्द्र साउदले केन्द्रीय सदस्य अमृत बहादुर तामाङलाई बानेश्वरस्थित केन्द्रीय कार्यालयमा बोलाउँछन् । उनीहरुबीच चन्द्रागिरी १२ स्थित गुर्जधारास्थित रहेको स्टेटवेय ईन्टरप्राइजेजको गोदाममा अनुगमनका लागि जाने सल्लाह हुन्छ । उनीहरु चार जना समुह बनँएर त्यस तर्फ लागेका थिए । लाल बहादुर तामाङ नाम गरेका व्यक्तिले भिडियो खिचेका थिए ।
साउदसहितको टोली त्यहाँ पग्दा कुरकुरे आलु चिप्स लगायत वस्तुहरु म्याद नागेको अवस्थामा भेटिन्छ । त्यतिबेला पुरानो मिति मेटाएर नयाँ म्याद राख्ने अवैध कार्य भइरहेको थियो । अनुगमनको नाममा पुगेको उक्त समुह देखेपछि गोदाममा भागाभाग भएको थियो । गोदामका प्रतिनिधि बताउने विकल पौडेलले रकम लेनदेन गरेर विषय गुपचुप पार्ने प्रलोभन दिएका थिए । रकम लेनदेन बार्गेनिङ शुरु भयो । प्रहरीमा अमृत तामाङले दिएको बयान अनुसार उनीहरुबाट २० लाख रुपैयाँ माग भएको थियो तर विकल पौडेलले भने आफूहरुबाट ५० लाख रुपैयाँ रकम माग भएको बताएका छन् । २०८१ असोज ६ गते आइतबार विहान ११ बजेर ४० मिनेट जाँदा उनीहरुबीच भेटघाट गर्ने तय मोबाइलमै हुन्छ । साँझ चार बजे काठमाडौंको अनामनगरस्थित सिलौटो केटेज नामक रेष्टुरेन्टमा उनीहरुबीच लेनदेन गर्ने सहमति अनुसार उपभोक्ता मञ्चका अधिकारीहरु त्यहाँ आउँछन् । विकल पौडेलले आफूहरुसँग ९ लाख ९० हजार मात्रै छ भनि जवाफ दिएपछि उनीहरुले ५० लाख नै चाहिन्छ भनि अडान लिएको समेत अनुसन्धानमा देखिएको छ । तर, त्यतिनै बेला सिआइबीको टोलीले अमृत बहादुर तामाङलाई नियन्त्रणमा लिन्छ ।
प्रहरीले गोदामको भिडियो बनाउने लालबहादुर तामाङ, केन्द्रीय सदस्य मोहन बहादुर आलेलाई पनि पक्राउ गरेको छ । अध्यक्ष साउदलाई भने फरार सुचीमा राखेर अभियोग पत्र अदालत बुझाएको छ । घटना विवरण कागज अनुसार उक्त गोदामका ईच्नार्ज बताउने प्रकाश बास्कोटाले स्टेपवेय इन्टरप्राइजेज र सिम्रिक डिस्ट्रिब्युसन प्रा.लीले नेपालमा लेज, कुरकुरे, विस्कुट र चिप्स लगायत प्याकेटजन्य खाद्य बस्तहरु आयात गर्दै आएको छ । भारतबाट नेपाली बजारमा ल्याएर विभिन्न डिलरलाई डिस्टिब्युट गर्ने कार्य यो कम्पनिले गर्छ । स्टेपवेय र सिम्रिक डिस्ट्रिब्युसनका संचालकहरु अनुराधा आचार्य, रोहित कोहली र सन्तोषकुमार झा हुन् । तर, वेभसाइटमा सर्च गर्दा सिम्रिक भेन्चर्सको सहायक कम्पनि सिम्रिक डिस्ट्रिब्युसनले नेपालमा लेस तथा कुरकुरे आयात गर्दो रहेछ । यो कम्पनिका मालिक रामेश्वर थापा र उनका छोरा सचन थापा रहेको देखिन्छ । एपिवान टेलिभिजनका मालिक समेत रहेका थापाको स्वामित्व रहेको कम्पनिले बजारमा अखाध्य बस्तु विक्री गर्ने गरेको नयाँ तथ्य समेत खुलेको छ । स्रोतका अनुसार उनै थापाको सक्रियतामा सिआइबीले उपभोक्ता अधिकारकर्मीको नाममा बार्गेनिङ गर्ने गिरोहलाई पक्राउ गरेको हो ।