मुलुकलाई समृद्ध बनाउन सबै जनताको साथ आवश्यक छः मुख्यमन्त्री शेरधन राई

दियो पोस्ट  

विराटननगर, २४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

वुधबार मोरङ व्यापार सङ्घद्वारा आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को उपलक्ष्यमा शुभकामना आदान कार्यक्रममा उनले नेपालीका विभिन्न चाडपर्वले विभिन्न समुदायबीच आपसी भाइचारा र एकतामा बाँध्ने गरेको बताउँदै देशको विकासमा समेत सबै एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एकताको सूत्रमा बाँध्ने चाडपर्वले देशमा सुख, शान्ति कायम गर्न सफलताको शुभकामना दिएका छन् । कार्यक्रममा प्रदेश १ का उपसभामुख, प्रदेशमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।