काठमाडौँ, असोज १५ । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघिय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको सुरक्षामा प्रहरी परिचालन गरिएको छ । शाहीको सुरक्षाका लागि एक असई र एक महिला प्रहरी परिचालन गरिएको हो ।
उनिमाथि निगरानी राख्न र अन्य अप्रत्यासित घटना नहोस भनेर प्रहरी परिचालन गरिएको स्रोतले जनाएको छ । सामाजिक संजालमा उनको अभिव्यक्तिबाट सुरक्षा थ्रेट अझै बढेको प्रहरी उच्च स्रोतले बताएको छ ।
रोशनी शाही आफै पनि प्रहरीको निगरानीमा रहेको कुरा फेसबुकमा लेखेकी थिईन् ।
घटनाबारे प्रहरीले पनि गम्भिर ढंगले अनुसन्धान गरिरहेको छ । मंगलबार दिउँसो नै प्रहरीको एक टोलीले रोशनीको कोठाबाट रक्सीको बोत्तल र केही कपडाहरु बरामद गरि अनुसन्धानको लागि ल्याएको छ ।
अहिले रोशनी बस्दै आएको कोठमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
आफुमाथि बलात्कारको प्रयास भयो भन्ने रोशनी शाहीले पछिल्लो पटक भने बोली फेरेकी छिन् । उनले महरा निर्दोष भएको र आफुलाई प्रयोग गरेर उनलाई फसाउने खेल भइरहेको समेत बताएकी छिन् ।
यो पनि