सरकारका मुख्यसचिव रेग्मीद्वारा राजीनामा

दियो पोस्ट  

काठमाडौं, १५ असोज । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बन्नेछन् ।

अहिले बालुवाटारमा बसिरहेको मन्त्रिपरिषदको वैठकले नयाँ मुख्य सचिव नियुक्त गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित खबर