गुण्डा नाइके ‘डेभिड’को अपहरणमा परेका रैदासको भिडियो बयान : दुतावास भित्रै धम्की दिए !

दियो पोस्ट  

काठमाडौं, १५ असोज । मलेशियामा रहेर गुण्डार्दी, अपहरण र फिरौती असुली गरेको अभियोगमा पक्राउ परेका डेभिड भनिने दुर्गा बहादुर श्रेष्ठद्वारा अपहरित मध्म रैदास दियोपोस्टको सम्पर्कमा आएका छन् ।


उनको भिडियो बयान समेत दियोपोस्टले फेला पारेको छ । मलेशियाको टप ग्लोभ ्कम्पनिमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्दै आएका डेभिडले आफ्नै कामदार रैदासलाई अपहरण गरि ७ दिनसम्म बन्धक बनाएर नेपालमा रहेकी पीडितको श्रीमती मार्फत १५ लाख रुपैयाँ भन्दा बढी फिरौती असुलेको आरोप छ ।

डेभिडबाट अपहरित रैदाशो भिडियो बयानको संपादिन आंशको केही भनाई हामीले यहाँ प्रस्तुत गरेका छौँ :

मेरो साहुलाई डेभिड भन्छन् । डेभिडको क्यान्टिनमा मैले एक वर्ष ३ महिना काम गरेँ । म त्यहाँ खाजा बेच्ने काम गर्थेँ । काउन्टरमा बस्थेँ । एक दिन एक जना मजदुरले त्यहाँ खाजा खाए । खुद्रा रकम थिएन । २० रिंगेट दियो । ५ रिंगेटको खाजा खाएको थियो । १५ रिंगेट फिर्ता दिनु पर्ने थियो । मैले उ आयो भने जतिबेला पनि फिर्ता दिनुपर्छ भनेर राखेको थिएँ । त्यही पैसा राखेको भिडियो बनेछ । मलाई त्यहि पैसा चोरेको भन्दै तैँले तीन चार वर्षदेखि यहाँ चोरी गरिस् भन्ने आरोप पो लाग्यो । अचानक केहीअ परिचित मान्छे पठाएर मलाई अपहरण गरियो । मलाई एउटा कोठामा राखिएको थियो । मलाई केही थाहा थिएन त्यो कुन ठाउँ थियो ।


उसले मलाई यो पैसा तैँले चोरेको हो भन्, होइन भने तलाई यहीँ सिद्ध्याइदिन्छु । हात खुट्टा भाँचेर फालिदिन्छु । अघिपछि पनि उसले अरुलाई मारेको पिटेको देखेर म डराएँ । आफ्नै डाइभरलाई पनि छोडेको थिएन । मजदुरलाई पनि जेले पायो त्यसैले कुट्थ्यो । डरले नै मैले हो भनेँे । यहाँ कसैले हेर्ने र बचाउने कोही थिएन । मारेर फालिदियो भने कसले के गर्ने ? तल २÷४ जना कालेहरु राखेको छ ।

पुलिस केस गरौँ की तलाईं दूतावास लैजाउँ भनेपछि मैले जे गरेपनि हुन्छ भनेँ । किन भने मलाई मार्छन् भन्ने डर थियो । मेरो कुरा केही सुनुवाई हुँदैन थियो । मलाई दुतावास लगियो । दूतावास जाने बाटोमा उसले मलाई तैँले मैले जेजे भनेको छु त्यो मानेनस् भने तलाई हात खुट्टा काटेर यहीँ फालिदिन्छु भनेर धम्की दियो । म दूतावासमा चुपचाप बसेँ ।

उनीहरुले जेजे भने त्यही मानेँ । जे लेख भने त्यही लेखेँ । त्यसको दुई/तीन दिनमा मेरी श्रीमतीले जग्गा दृष्टिबन्धकी राखेर ऋण गरेर पेसा पठाइन् । दूतावास भित्रै ममाथि यस्तो ज्यादती भयो ।

भिडियो

सम्बन्धित खबर

ट्रेन्डिङ