काठमाडौं, २० असोज । चर्चित कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ।
सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्।
आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य सामान्य छ ।
‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं । हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्।
आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।