निलकण्ठ नगरपालिका ९ का कार्याबाहक वडाध्यक्षमाथि किर्ते सिफारिसको आरोप !

दियो पोस्ट  

धादिङ, २१ असोज । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ ले वडामा हुँदै नभएको व्यक्तिको नाममा किर्ते सिफारिस गरेको पाइएको छ ।


बैंकबाट ऋण लिने प्रयोजनका लागि वडा कार्यालयले निलकण्ठ नगरपालिका वडा नम्बर ९ साल्बोटेका याम प्रसाद दुवाडीलाई लम्साल थर लेखेर किर्ते सिफारिस गरेको हो ।


वडाका कार्यावाहक अध्यक्ष दिपक बराईलीले दुवाडिको पारिवारिक विवरण प्रमाणीकरणका लागि दिएको सिफारिसमा थर लम्साल बनाइएको छ ।


सिफारिसमा यम प्रसादको श्रीमती र एक छोरीमात्रै भएको लेखिएको छ । तर लम्साल लेखिएका व्यक्ति याम प्रसाद दुवाडी भएको उनको नागरिकता नम्बर र फोन नम्बरले स्पष्ट पारेको छ ।
घरमा दुई भाइ छोरा हुँदाहुँदै दुवाडिले ती दुई छोराको विवरण सिफारिसमा नलेख्नु र वडा कार्यालयले दिएको सिफारिस र नगदी रसिदमा पनि लम्साल लेखिनु वडाको त्रुटि नभई किर्ते कार्य भएको आरोप छ ।


निलकण्ठ ९ साल्बोटेमा यमप्रसाद लम्साल भन्ने व्यक्ति कोहि नभएको र याम प्रसाद दुवाडी भने रहेको पाईएको छ ।

दुई छोरा जन्मिएपछी श्रीमती त्यागेका दुवाडिले कान्छी श्रीमती ल्याएको र उनीबाट एक छोरी जन्मिएको छ । दुवाडीले छोराहरुलाई छल्न वडाबाट किर्ते सिफारिस बनाउन लगाएको र कार्यबाहक वडाअध्यक्ष बराइलीले मिलेमतोमा सिफारिस बनाएको खुलेको छ । दुवाडिको बालकृष्ण( २४),राधाकृष्ण (२१) बर्षका दुई छोरा घरमा संगै रहेपनि किर्ते सिफारिसमा भने छोरी मात्रै उल्लेख गरिएको छ ।


यता कार्यावाहक वडाध्यक्ष बराइलीले भने कार्यालयका सहायक सचिव सुनिल विसुन्केले कम्प्युटर टाइपिङमा मिस्टेक गरेको बताए । ‘कम्प्युटरमा पहिल्यै बनेको फम्र्याटमा काम गर्दा हतारमा विग्रीएको हो । हामी सच्याउँदै छौँ । यो खासै ठूलो समस्या होइन,’ उनले भने ।

उनका अनुसार वडाध्यक्ष भोजराज रेग्मीलाई भने कोरोना संक्रमणको आशंकामा होम आइसोलेशनमा राखिएको छ ।

TATA ADD