प्रधानमन्त्रीका तीन सल्लाहाकार कोरोना संक्रमणबाट मुक्त !

दियो पोस्ट  

काठमाडौं, २३ असोज । प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीको सचिवालयका तीन सदस्य हरुलाई एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहेका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो ।

यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका छन् ।
“मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार !” रिमालले लेखेका छन्,‘ सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँ ? केबल अन्दाजै मात्र छ ।’
लक्षण बिनाको संक्रमित हुँदा पहिलो दिन आफूलाई अलि चिन्ता लागेको उनले बताए ।
“मनमा आयो–अब के होला, अरुहरुले के सोचिरहेका होलान् रु कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला ?” उनले
लेखेका छन्,“कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ । कोही लक्षण सहितको संक्रमित हुनुहुन्छ । कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ ।”
सिङ्गो अबधि भरी केही पनि अप्ठ्यारो महसूस नगरी आइसोलेशनको अबधि विहिबार पार गरेको उउनले बताए । सल्लाहकार रिमालले लेखेका छन् “दोश्रो चोटीको पीसीआर परिक्षणबाट परिणाम नेगेटिभ आयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।”
कोरोना केही होइन भन्नु अतिरञ्जना भएको बताउँदै उनले थपेका छन्, “कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो ।”
कोरोना महामारीले पहिलो कुरा अनुशासनको माग गर्छ, दोस्रोमा संक्रमितको उच्च मनोवल र तेस्रोमा धैर्यता आवश्यक रहने उनले भनेका छन्।
संक्रमित अवधिभर आफूले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाएको आयुर्वेदिक औषधि प्रयोग गरेको उनले सामाजिक सञ्जालमा चर्चा गरेका छन् । सल्लाहकार रिमाल अगाडी लेख्छन, “जनस्वास्थ्य विज्ञ डा. रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रसस्त पिएँ ।”
प्रमुख सल्लाहकार रिमालले आफू कोरोना मुक्त भएपछि संक्रमित विरामी सबैको शीघ स्वास्थ्यलाभको कामना गरेका छन् । “जो जसले यसअघि नै कोरोना बिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई, चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु” सल्लाहकार रिमालले लेखेका छन् ।

सम्बन्धित खबर