सशस्त्र प्रहरी जवानमा ठूलो संख्यामा भर्ना खुल्यो (सुचनासहित)

दियो पोस्ट  

काठमाडौं, २४ असोज । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकका अनुसार एकैपटक १८ सय ३३ जना प्रहरी जवान तर्फ भर्ना खुलेको हो ।


खुल्ला प्रतियोगिता द्वारा छनौट गरिने भर्नामा असोज २४ गतेदेखि कार्तिक २३ गतेसम्म सहभागी हुन पाइनेछ ।

कुल १८ सय २३ जना मध्ये ९ सय ८८ जना खुला तर्फबाट, २० जना अमर प्रहरी परिवार, असक्त प्रहरीका सन्तती, १६५ जना महिला, २ सय ६४ जना आदिवासी जनजाति, २ सय ३१ जना मधेसी, १ सय २४ जना दलित, ४१ जना पिडित क्षेत्रबाट छनौट हुनेछन् ।


सशस्त्र प्रहरीले देशैभरका ७५ आफ्ना कार्यालय मार्फत दरखास्त लिने व्यवस्था गरेको छ ।


यस्तो छ सुचना

सम्बन्धित खबर