गरिबी निवारण कोषमा भ्रष्टाचार : ११ करोड रुपैयाँ एनसिसि बैंकमा लुकाएको आरोपमा पत्राचार !

दियो पोस्ट  

काठमाडौं, २६ असोज । गरिबी निवारण कोषको ११ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप एक जनालाई बयानका लागि बोलाएको छ ।


गरिबी निवारण कोषको तत्कालिन कार्यकारी निर्देशक नहकुल केसी तथा सुनिल रिजालको मिलेमतोमा संयुक्त खाता खोली कोषको रकम हिनामिना गरि एनसिसि बैंकमा उनीहरु दुवै जनाको संयुक्त खाता खोली ११ करोड रकम लुकाइएको विषयमा अख्तियारले बयानका लागि रोस्लिना महर्जनलाई ७ दिन भित्र उपस्थित हुन अल्टिमेटम दिएको छ ।


बानेश्वर काठमाडौं बस्ने रोस्लिनाले उक्त घोटालामा के कस्तो भूमिका निभाएकी थिइन् भन्ने विषयमा भने अख्तियारले खुलाएको छैन ।

यद्धपी तत्कालिन कार्यकारी निर्देशक केसी भने नेपाली कांंग्रेसका सक्रिय कार्यकर्ता र नेता समेत हुन् ।

उनलाई केही महिना अघि पार्टी सभापति शेर बहादुर देउवाले पार्टीको स्थानीय तह समन्वय बिभागको सचिवमा मनोनयन गरेका थिए ।

सम्बन्धित खबर